राजीव गुरुङले मुमलाई विश्वासको मत नदिने
पाेखरा | पुस २९, २०७९
मनाङको ‘ख’बाट निर्विरोध निर्वाचित प्रदेश सांसद राजीव गुरुङले प्रतिपक्षमा बस्ने निर्णय गरेका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएपछि सांसद गुरुङले भने आफु विपक्षमै रहने बताएका हुन् । नेकपा एमालेलाई ३२ सांसदको मतबाट मुख्यमन्त्री हुन सहज भएको भन्दै गुरुङले प्रतिपक्षमै रहेर रचनात्मक काम गर्ने उल्लेख गरेका छन् ।
गुरुङले भने ‘एमाले को २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी को २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु।’
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

